प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीद्वारा एकीकृत जाँच चौकीको उद्घाटन

माघ ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरको एकीकृत जाँच चौकीको उद्घाटन गरेका छन् ।   

यसैबीच भिडियो कन्फ्रेन्स मार्फत भएको एकीकृत जाँच चौकी उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न भारतीय प्रधामन्त्री मोदीलाई निम्तो दिएका छन् । 

यो भ्रमणका क्रममा दुई देशको सम्बन्धमा हासिल भएको उपलब्धिको समीक्षा गर्दै अझ अगाडि बढाउने अवसर पाउने उनले बताए । प्रधानमन्त्री ओलीले दुई देशबीच थाती रहेका सबै विषय सम्वादबाट हल गर्नेमा जोड दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *