‘सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमः आवश्यकता कि बाध्यता’

पुस १६, भक्तपुर । पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नरहेका कारण सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् ।   

तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका हुन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमः आवश्यकता कि बाध्यता’ विषयक अन्तक्र्रियामा सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।   

बाध्यतावश जबर्जस्तीरुपमा लागु गरिएको अंग्रेजी माध्यमले विद्यार्थीहरुको सिर्जनशीलता मारेको उनीहरुको गुनासो थियो । कार्यक्रममा बोल्ने अधिकांश प्रधानाध्यापकहरुले अंग्रेजी माध्यम लागु गरिएपनि पुराना शिक्षकहरुले वास्तवमा अंग्रजीमा पढाउनै नसकेका अनुभव सुनाएका हुन् । प्रधानाध्यापकहरुले एकातिर अंग्रेजी माध्यमले पुराना शिक्षकहरुलाई सास्ती दिएको र अर्कोतर्फ विद्यार्थीहरुलाई घोकन्ते शिक्षातर्फ उन्मुख गराएको आरोप लगाएका हुन् । 

null

कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाका चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले अभिभावकको अत्याधिक चाहनाले विद्यालयहरुले अंग्रेजी माध्यममा पठन–पाठन शुरु गरेपनि सोही अनुसार शिक्षक व्यवस्थापन गर्न नसक्दा त्यति प्रभावकारी हुन नसकेको बताए ।   

मिश्रले अभिभावकको चाहना अंग्रेजी भएपनि शिक्षक र विद्यार्थीको क्षमतामा सुधार नआएसम्म त्यसलाई प्रभावकारी बनाउन नसकिने आफ्नो अनुभव सुनाए ।सबै शिक्षकमा समस्या छैन केहीमा समस्या देखिएका छन्, त्यसलाई कसरी सम्बोधन गर्ने भनेर नगरले तयारी गरिरहेकोसमेत मिश्रले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *