मिसेस एण्ड मिस गुरुङ २०२० को अडिसन हुँदै

पौष २, काटमाडौँ । यही पौष ४ गते स्काई पार्टी प्यालेस सामाखुशी काठमाण्डौमा मिसेस एण्ड मिस गुरुङ २०२० को अडिसन हुने भएको छ ।
गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एवम् रहन-सहनलाई उजागर गर्दै बिवाहित तथा अबिवाहित गुरुङसेनी, गृहिणीरव्यवसायिक महिला दिदि-बहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
बिगत २ बर्ष देखि यस प्रतियोगितालाइ एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आईरहेको छ ।

शुक्रबार दिउँसो १ बजे देखी सुरु हुने यस मिसेस एण्ड मिस गुरुङको अडिसन २०२० समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्यले आयोजना हुन लागिएको आयोजक संस्थाकि प्रबन्ध निर्देशक शान्ता तामाङले बताइन् ।
उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागिता हुन पाउने बताईएको छ । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।
जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा विश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट सिकेको कुराहरुलार्इ उपयोग गर्न सक्ने बनाउनु नै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन् ।
यस सौन्दर्य प्रतियोगीताले गुरुङ बिबाहित नारि, युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छिन ।
ईच्छुक प्रतियोगीहरुले एस.के. इन्टरटेनमेन्ट प्रालिको कार्यलय बालुवाटार काठमाडौँ बाट फर्म लिएर भाग लिन सकिने छ ।








