बलिउड सलमानले पाउने भए डब्ल्यू डब्ल्यू ई च्याम्पियनशीप बेल्ट

पुस ६, भारत । बलिउडका सुपरस्टार सलमान खानले विश्व रेसलिङ इन्टरटेन्मेन्टले चाँडै नै कस्टमाइज्ड डब्ल्यू डब्ल्यू ई च्याम्पियनशीप बेल्ट पाउने भएका छन् ।   

भारतीय संचार माध्यमका अनुसार डब्ल्यूडब्ल्यूईले दबंग सिरिजको यो तेस्रो चलचित्रलाई  ‘दबंग थ्री’को  सेलिब्रेशन गर्नका लागि उनलाई यस  बेल्ट द्वारा सम्मानित गर्न लागिएको हो । 

त्यसको लागि बेल्टको साइडमा सलमान खानको नाम पनि एम्बस गरिने खबर सार्वजनिक भएको छ ।  यो खबरलाई डब्ल्यूडब्ल्यूई इन्डियाको ट्वीटर ह्यान्डलबाट एउटा भिडियो सेयर गर्दै सार्वजनिक गरिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =