बिहे गर्छु भन्दै बलात्कार गर्ने पक्राउ

पुष २ सप्तरी । विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ । 

घरमा अन्य कोही नभएका बेला गत मङ्सिर १५ गते  बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । 

इलाका प्रहरी कार्यालयले मङ्सिर ३० गते जबर्जस्ती करणीको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामराजा केशरीले बताए । 

Image result for बलात्कार गर्ने पक्राउ

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर ३० गते स्वास्थ्य परीक्षण गरिएको थियो । आरोपितले भने आपसी सहमतिमा शारीरिक सम्बन्ध राखेको बताउँदै आएका छन् । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =