नेकपा स्थायी समितिको बैठक सकियो, केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने

पुष ६,  काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले को केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने निर्णय गरेको छ । 

आइतबार सकिएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी बैठक पुस २३ गते बोलाउने निर्णय गरेको श्रोतले बतायो । स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहिहत पारित भएको छ ।   

महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव भने केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको नेता भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =