हिन्दु राष्ट्रबारेमा जनमत संग्रह गर्नुपर्छ : महामन्त्री शशांक कोइाराला

मंसिर २४, मोरङ । नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले हिन्दू राष्ट्रका विषयमा जनमत सङ्ग्रह गर्नु पर्ने बताएका छन्। धर्मलाई लिएर मुलुकमा बिरोधका स्वरहरू उठ्न थालेकाले धार्मिक स्वतन्त्रताका विषयमा जनमत संग्रहले मात्रै अन्तिम निष्कर्ष निकाल्ने उनले बताएका छन्। 

मोरङको पथरी शनिश्चरेमा जीपी कोइराला अध्ययन केन्द्र मोरङले सोमबार गरेको संविधान कार्यान्वयनमा काङ्ग्रेसको भूमिका विषय कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन्। कोइरालाले काङ्ग्रेस भित्रको आन्तरिक तिक्तताले पार्टी कमजोर भएको बताउँदै आन्तरिक समस्या समाधान भए पार्टी बलियो हुने उल्लेख गरे।   

‘धरानको निर्वाचनले काङ्ग्रेस सहमतिबाट अघि बढ्यो भने जित कसैले रोक्न सक्दैन भद्दने देखाइसककेको छ’, उनले भने। सरकारले रेल र पानी जहाजको सपना बाँडेर खेतबारी बाँझै राखेको उनले बताए। कृषि उत्पादन बढाएर परनिर्भरता घटाउनेतिर सरकारले ध्यानै नदिएको उनले बताए। 

Image result for महामन्त्री डा.शशाङ्क कोइराला

‘कृषिमा आधारित उत्पादन बढाउन सरकारले ठोस कार्यक्रम ल्याउन सकेन’, उनले थपे। पूर्वमन्त्री एवं काङ्ग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र  रिजालले सरकार संविधानका बुँदा कमजोर बनाउन लागिरहेको आरोप लगाए। ‘सरकारले दुईतिहाइ पाए पनि जनताले न्याय पाउन सकेका छैनन्’, उनले भने, ‘कोहलपुरमा विद्यार्थीमाथि सरकारले गरेको दमन निन्दनीय छ।’   

जीपी कोइराला अध्ययन केन्द्र मोरङका अध्यक्ष सुविन पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे, प्रदेश नं १ मा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक सांसद केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र महासमिति सदस्य डा. सुनील शर्मा लगायत बोलेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =