बाथ भन्दैमा हेलचेक्राई नगरौ, ज्यानै जान सक्छ

पुस १२, विराटनगर । पछिल्लो समय तराई क्षेत्र मात्र नभएर दशैभरी जाडो झनै बढीरहेको छ । जाडो याममा चिसोको कारण स्वास्थ्यमा अनेक समस्या देखा पर्दछन् । जाडो शुरु भए सँगै देखीने विभिन्न स्वास्थ्य समस्याहरु मध्ये जोर्नी र जीउ दुख्ने समस्या बढी आउन थाल्दछ जसलाई सामान्यतया वाथ रोग भएको भन्दछौं । 

बाथ रोगबाट बच्न समयमै रोग पहिचान गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । बाथ रोग बारे विराट मेडिकल कलेज शिक्षण अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. अजय महतो भन्छन् –‘बाथ रोग सरल तरिकाले चिनिए पनि गठिया बाथ र बाथमा केहि फरक रहेको छ ।’   

गठिया बाथ शरीरको भित्र अटो युमिन डिजिज हुन्छ जुन शरीरको सेल किटाणुसँग लड्छ । कहिलेकाँही आफ्नै कोषिकाले खराब गर्ने अटो युमिन डिजिजलाई गठिया बाथ भन्ने गरीन्छ । युरिक एसिड बढेर जोर्नीहरुमा आउने समस्या नै वाथ रोग हो । 

Image result for बाथ राेग

‘यस्तो अवस्थामा दुवै रोग फरक भए पनि यसको असरले जोर्नी विगार्ने गर्दछ ।’ डा. महतो भन्छन् । उनका अनुसार गठिया वाथ सानो देखि ठुलो दुबै उमेर समुहलाई लाग्ने गर्दछ । एक्युट रुम्याटिक फिभरले गठिया मुटु र जोर्नीको समस्या आउने गर्दछ ।   

गठिया रोगको समस्या अधिकांश महिलाहरुमा लाग्ने गरेको छ । खानपान नियन्त्रण गर्न नसक्दा पनि वाथ रोगको समस्याले आम जनमानसमा सताएको चिकित्सकको भनाई छ ।   

कसरी चिन्ने ? 

सर्वप्रथम त गठिया रोगले ठुलो जोर्नी र सानो जोर्नी दुख्ने, सुनिने, हिँड्दा दुख्ने, खुट्टाहरु बाँगिने, भ¥याङ चढ्दा अप्ठयारो हुने गर्दछ । 

बाथ रोगमा जोर्नीहरु सुनिने गर्दछ । अन्य समयमा भन्दा विहानको समय जोर्नीहरु दुख्ने गर्दछ । धेरै जस्तो यो रोगमा खुट्टाको औँलाहरु सुन्निने गर्दछ । यसका साथै घुँडा सुन्निने र दुख्ने लक्ष्ण भए बाथ रोग भएको चिन्न सकिन्छ ।   

चिसो मौसममा यो रोग सक्रिय हुने भएकाले जाडोमा जोर्नीहरु सुनिने दुख्ने समस्या देखिएको हो । रोगलाई सहि समयमा उपचार नगरे ज्वरो आउने, मुटु तथा फोक्सोलगायत शरिरका अन्य अंगहरुमा असर गरी ज्यानै जोखिममा पार्न सक्छ । 

दिर्घकालिन असर 

समयमै यो रोगको सही उपचार नभएमा हातगोडाका जोर्नीहरु बिग्रने, बाँगिएर कुरुप हुने तथा हात औँलाहरु खुम्च्याउन सिधा गर्न नमिल्ने हुन्छ । 

घुँडाहरुको जोर्नी विग्रियो भने भर्याङ चढ्न नमिल्ने, पलेटी कसेर बस्न नमिल्ने जस्ता समस्याहरु हुन्छन् । कति गठियाहरु स्पाईनमा खराबी हुने भएकोले अगाडी निहुरीएर काम गर्न बाधा पुग्ने, घाँटी अड्कने गर्दछ । यस्तो अवस्थामा विरामी जुन अवस्थामा छ त्यहि अवस्थामा हिडडुल गर्नुपर्ने भन्छ । पछि रोगले च्याप्दै गएपछि विरामीको ज्यानै जाने जोखिम हुनसक्छ । 

बच्ने उपाय 

पछिल्लो समय हाम्रो जीवनशैलीका कारणले पनि यस्ता खाल्का रोगहरुले सताउने गरेको पाइन्छ । जीवनशैलीमा परिवर्तन, खानपान र शारीरिक व्यायाममा विशेष ध्यान दिएको खण्डमा बाथ रोग लाग्न सक्दैन ।   

दैनिक रुपमा सन्तुलित भोजन गर्नुपर्दछ । शारीरिक ब्यायाम नियमित गर्नुपर्छ । विरामीहरुले पर्याप्त मात्रामा भिटामिन ए, डि र इ खाने गर्नुपर्छ । 

तर प्रोटिन भएका खानेकुरा जस्तैः गेडागुडी, माछा मासु, टमाटर जस्ता खानेकुराहरु बाथ रोगीका लागि हानिकारक हुन्छ । मद्यपान, धुमपान गर्नु हुँदैन ।   

समयमा नै रोगको उपचारगरी औषधी सेवन गनुपर्दछ जस्ले हात जोर्नी विग्रनबाट बचाउँछ । आयोडिन कन्डिसनले हुने गठियाको औषधी चिकित्सकको सल्लाह अनुसार खानुपर्छ र नियमित फलोअपमा रही औषधी सेवन गर्नुपर्छ । 

विराट मेडिकल कलेज शिक्षण अस्पतालमा गर्मी र जाडोलाई तुलना गर्दा वाथ रोगी विरामीहरुको संख्या जाडो याममा अत्याधिक आउने गर्दछन् ।   

गर्मी मौसममा ढाड दुख्ने समस्याका बिरामीहरु धेरै आउने गर्छन् भने जाडोमा घुँडा दुख्ने, औँलाहरु सुन्निने, विहान  उठ्दा कर्किने जस्ता समस्याहरु लिएर आउने बिरामीको संख्या गर्मीको तुलनामा जाडोमा बढेको छ  । गर्मी मौसममा यस्ता खालका समस्या लिएर आउने १० देखि २० जनाको संख्या हुन्थ्यो भने अहिले ६० प्रतिशतको संख्यामा बिरामीको मात्रा बढेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =