गुल्मी जीप दुर्घटनाः इस्मा गाउँपालिकामा बुधबार शोक बिदा

मंसिर १८, बुटवल । गुल्मीको इस्मा गाउँपालिकाले आज (बुधबार) शोक बिदा दिने निर्णय गरेको छ ।   

मंगलबार गुल्मीको इस्माबाट कुलपुजाको लागि बागलुङ जाँदै गरेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।   

कुलपुजाको लागि हिँडेका इस्मा गाउँपालिका–४ र ५ वडाका १४ जनाको दुर्घटनामा मृत्यु भएपछि बुधबार इस्मा गाउँपालिकाले एक दिने शोक बिदा दिने निर्णय गरेको हो ।   

बागलुङ जिप दुर्घटना : जो भाग्यले बाँचे

मृतकहरुको आजै सामुहिक दाहसंस्कार गर्न लागिएको गाउँपालिका प्रमुख लक्ष्मण विष्टले जानकारी दिए । उनका अनुसार तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि सहयोग गर्नेछ ।   

मंगलबार गुल्मीको इस्माबाट कुलपुजाको लागी बागलुङ जाँदै गरेको ग१ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।   

जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते भएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *