पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोर्डिङ्ग स्कुललाई पूर्वमा एक नम्बर बनाउँछौः सञ्चालक श्रेष्ठ

मंसिर १७, बिराटनगर । पूर्व को सबैभन्दा ठुलो तथा देशकै दोश्रो ठुलो सहरको रुपमा रहेको छ बिराटनगर ।  बिराटनगर एउटा यस्तो  ठाउँ हो जुन ठाउँले देशको आधा भन्दा बढि आर्थिक अवस्थालाई पनि धानेको छ त्यसमा पनि बिराटनगरले औद्यौगिकताको पहिचान पनि बोकेको छ ।  

बिराटनगरको बसपार्कबाट करिब ५० किलोमिटर उत्तर तिर देशकै सुन्दर नगरी धरानतिर लागियाे भने त्यसै बीचमा हजारौ उद्योगहरु पनि देख्न सकिन्छ । त्यही उद्योगहरुको बीचमा  एउटा यस्तो ठाउँ छ त्यस ठाउँबाट हजारौ हजार प्रतिष्ठित व्यक्तीत्व जन्मी सकेका छन । 

हो आज हामी  एउटा यस्तो संस्थाको कुरा गर्दैछु जुन  बि.स. २०५१ सालमा शिक्षाको ज्योति छर्नै संस्थाको रुपामा सुरुवात भयो र हाल  १ सय १८ जना विद्यार्थीहरु रहेर कक्षा ५ सम्म  पढाई भइरहेकाे छ । उक्त स्कुलकाे नाम हो पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोर्डीङ स्कुल जहाँ हाल आएर कक्षा १० सम्म पढाई हुने गर्दछ  । 

बिराटनगर भेटनेरी चोकका बि.सं  २०६२ सालबाट नयाँ व्यवस्थापन सहित उक्त विद्यालयलाई संचालनमा ल्याएर  निरन्तर विद्यार्थीहरुको शैक्षिक क्षेत्रलाई गुणस्तरिय बनाउनका निमित्त आज सम्म निरन्तर प्रयासमा छन ती विद्यालय ।  साेही बिद्यालयका प्रिन्सिपल साथै विद्यालय संचालक  प्रमुख समेत रहेका  अर्जुन श्रेष्ठ  । त्यती मात्रै हैन अर्जुन श्रेष्ठ समाजमा शिक्षाको ज्योती छर्ने एक राम्रा व्यक्तित्व मध्येका एक कहलिन्छन उनै अर्जुन श्रेष्ठ प्यापसन विराटनगरका सचिव पनि हुन् । 

निजि  विद्यालयलाई आम मानिसले हेर्ने नजर फरक  रहेको बेला पनि छ अहिले अर्कौतर्फ  विद्यार्थीका अभिभावकहरु आफना नानी बाबुहरुलाई संस्थागत विद्यायमा पढाउन रुची राख्दछन् जसले गर्दा आम मानिसहरुको निजि विद्यालयको शिक्षाप्रति हेर्नै दृष्टीकोण र बुझाईले निजि क्षेत्रमा समेत  चुनौतीहरुको पहाडनै खडा हुने अवस्था पनि रहेकाे छ । 

साेही कुराहरुलाई लिएर पछिल्लो समय निजि विद्यालयले भोग्दै आईरहेको चुनौती र अप्ठयारोहरुको विषयमा पूर्वाञ्चल विद्या सदन बोर्डिङका प्रिन्सिपल तथा प्यापसन विराटनगरका सचिव अर्जुन श्रेष्ठ सँग मकालु  खबर सहकर्मी सुजाता निङलेकुले गरेको कुराकानी जस्ताको त्यस्तै । 

चुनौतीका बीचमा पनि विद्यालय  स्थापना गर्नुको उद्देश्य ? 

– विद्यालय स्थापनाकाल देखि नै धेरै नै चुनौतीहरुको सामना गर्न परे पनि विराटनगरको दक्षिण भेगका विद्यार्थीहरुलाई सर्वशुलभ गुणस्तर शिक्षा दिने उद्देश्यले स्कुल स्थापना गरेको हो । हाल दुईजना संचालकहरु छन् । 

विद्यालयमा कति जना विद्यार्थीहरु अध्ययनरत छन्  र यस स्कुलमा अध्ययनरत विद्यार्थीहरुको एसईईको परिक्षाको परिणाम कस्तो रहेको छ ? 

– १ सय १८ जना विद्यार्थीहरुलाई शिक्षा दिदैँ सुरु भएको यस स्कुलमा हाल आएर  ५ सय विद्यार्थीहरु अध्ययनरत छन भने  १० औँ व्याचसम्ममा ४ सय भन्दा बढी विद्यार्थीहरुले उत्कृष्ट परिणाम सहित एस एल सी (एसईई) मा उत्कृष्ट परिणाम सहित उत्तीर्ण गरिसकेका छन् । 

पूर्वाञ्चल विद्या सदन बोर्डिङले प्रयोगात्मका शिक्षण विधिमा कस्तो खालकाे शिक्षामा जोड दिएको छ ? 

– आधुनिक विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादनका लागि आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै समायानुकुल प्रयोगात्मक व्यवहारिक शिक्षामा जोड दिएका छौँ । विद्यार्थीहरुको चौथर्फी विकासका लागि मार्शल आर्ट, चेस, स्काउट, नृत्य, गीत , संगित जस्ता कक्षा निरन्तर संचालनमा छन् । 

निजि विद्यालय नाफामुखीका लागि हो भन्ने गर्दछन नि ? 

– पछिल्लो समय आम मानिसले निजि विद्यालयलाई हेर्ने दृष्टिकोण नाफामुखी छ । तर निजि विद्यालय कुनै नाफामुखी व्यापार नभएर शिक्षा क्षेत्रका लागि सेवा   हो । सरकारी विद्यालयले पनि निजि विद्यालयको स्तरको पढाई सेवा, सुविधा दिने हो भने सरकारले वृहतरुपम शिक्षा क्षेत्रमा बजेट  निस्कासन गर्नुपर्ने हुन्छ । 

यस्को हिसाबले निजि विद्यालयले सरकारको बजेटलाई जोगाएको छ  ।   एउटा विद्यालय स्थापना गरीरहँदा साथै विद्यार्थीहरुको शैक्षिक गुणस्तर देखि अन्य विषयलाई मध्यनजर गर्ने हो भने निजि विद्यालयको लगानि अनुसार नाफा भन्दा पनि सेवा नै हो ।   

निजि विद्यालयहरुका लागि कस्ता खालका  चुनौतीहरु छन् ? 

– पछिल्लो समय सरकारले विभिन निति नियमहरु ल्याईरहेको छ । जस्ले गर्दा निजि विद्यालयहरु चल्न सक्ने अवस्थामा छैन् । जस्तै यागदानमा आधारित सामाजिक सुरक्षा कोषको  कुरा उठिरहेको छ ,। 

सम्पूर्ण निजि विद्यालयमा कार्यररत कर्मचारीलाई सुचिकृत गरेर आधारभूत पारिश्रमिक १३ हजार ४ सय रुपैया दिनुपर्ने । त्यस्मा १० प्रतिशत कर्मचारीबाट र २० प्रतिशत रोजगारीदाताबाट थपेर सुरक्षा कोष निर्माण गर्नुपर्ने हुन्छ । लगभग २० प्रतिशत विद्यालयले सुचिकृत भईसकेका छन् भने अझै ८० प्रतिशत विद्यालय सूचिकृत हुन बाँकी रहेको छ । 

किन सुचिकृत भएन ? 

सरकारले ल्याएका नियम लागु हुना साथ झण्डै ५० प्रतिशत निजि विद्यालय बन्द हुने अवस्था आईपर्छ । विद्यालय चल्न सक्दैैन यो निजि विद्यालयका लागि ठूलो समस्या हो ।शिक्षक कर्मचारीको पाटो पनि निजि विद्यालयका लागि ठूलो समस्या नै छ । अलिक पढेलेखेका युवा पुस्ताहरु प्रमुख गन्तव्य नै विदेश भएकाले अधिकांश पढेलेखेकाहरु केहि वर्ष  पश्चात विदेश जाने गर्दछ ।   

नेपालमा युवाहरुका लागि त्यो वातावरण नै छैन जुन नेपालमा रहेर केहि गरौँ भन्ने । बिभिन्न अप्ठ्यारा परिस्थितिहरु निजि विद्यालयका लागि भए पनि सरकारले ल्याएको निति नै निजि विद्यालयका लागि मुख्य समस्या हो । 

निजि विद्यालयले गुस्तरीयताका नाममा चर्को फि अशुल्ने गरेको  भन्ने अभिभावकहरुको गुनासो  छ नी ? 

अधिकांश अभिभावकहरु  निजि विद्यालयमा फि चर्को  रुपमा असुलेको भन्ने गुनासो आईरहेको भए पनि विद्यालयको शैक्षिक गुस्तर, सेवा सुविधालाई पनि मध्यनजर गर्नु पर्दछ । विद्यालयले विद्यार्थीलाई कस्तो खालकाे सेवा, सुविधा दिएको त्यस्को आधारमा शुल्क निधारण गर्ने गर्दछ । 

अभिभावकहरु सरकारी स्कुलसँग तुलना गर्ने भएको कारण बुझाईको कमिले पनि यस्ता खाल्का कुरा आएको हो । सरकारी विद्यालयमा विभिन्न संघसंस्थाबाट अनुदान आईरहेको हुन्छ । बिभिन्न क्षेत्रबाट शैक्षिक सामग्रीहरु आईरहेको हुन्छ । तर निजि विद्यालय नितान्त व्यक्तिको लगानीमा  संचालनमा आउने भएको कारण लगानी भए पश्चात केहि मुनाफा त खोज्छ । तर निजि विद्यालय नाफा नभएर सेवामूलक संस्था हो । 

जस्ले सेवा पनि प्रदान गर्दछ । र शुल्क विद्यालय एक्लै निधारण गर्ने कुरो होईन । विगतमा शिक्षा कार्यलयमा समिति बसेर प्रस्ताव पेश गर्ने गर्दथ्यौ । 

पछिल्लो समय विराटनगरको सन्दर्भमा महानगरपालिकामा पेश गर्ने गर्दछौ । महानगरको बैठकबाट पारित भएको उचित रकम जस्तै विद्यालयको वर्गिकरणको हिसावले क, ख, ग कुन वर्गका विद्यालय छन् सोही अनुरुप महानगरबाट स्विकृत भए पश्चात मात्र विद्यालयको फि निर्धारण गरेर लिन पाउँछौ । आफु खुशी विद्यालयको फि लिन पाउँदैनौ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =