ट्रकसँग एम्बुलेन्स ठोक्किँदा एकको मृत्यु, चार घाइते

फाइल फाेटाे 

पुस ७, सुनसरी । सोमबार बिहान सुनसरीको नरसिंह गाउँपालिका–५ सुनसरी पुलमा  ट्रकसँग  एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।   

आज बिहान ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको  बिरामी बोकेको  को १ च ४९६ नम्बरको उक्त  एम्बुलेन्स सोही दिशा तर्फ जाँदै गरेको ना ७ ख ३५५३ नम्बरको ट्रकसँग ठोक्किँदा  उक्त दुर्घटना हुन पुगेको हो ।   

Image result for ट्रकसँग एम्बुलेन्स

प्रहरीका अनुसार यस दुर्घटनामा बिरामी उदयपुरको गढी नगरपालिका ५ का ५० वर्षीय चेतबहादुर विकको मृत्यु भएको हो भने एम्बुलेन्स चालक, परिचालकसहित ४ जना घाइते भएका हुन् ।   

हाल घाइतेहरुको उपचार ल्ला अस्पताल इनरुवामा भईरहेको र उनीहरुको अवस्था चिन्ता जन भएको प्रहरीले जानकारी दिएका छन् ।   

प्रहरीका अनुसार  दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिइसकिएको र घटनाबारे थप अनुसन्धान भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =