पिपिएल क्रिकेट : काठमाडौंको पहिलो जित

२०७६ पुस २ गते

पुष २, पोखरा । काठमाडौं गोल्डेन वारियर्सले पोखरामा जारी पोखरा प्रिमियर लिगमा पहिलो जित निकालेको छ। शुरुवाती २ खेलमा पराजय भोगेको काठमाडौंले आज धनगढी ब्लुजलाई १ सय ६ रनले हराउँदै पहिलो जित हात पारेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो। काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले आक्रामक शतक बनाए। उनले ३८ बलमा ८ चौका र ९ छक्काको सहायतामा शतक प्रहार गरे।
त्यसबाहेक जयकिशन कोल्सावालाले ४६ रन बनाउँदा अमित श्रेष्ठले ३४ रन बनाए।
null
यता धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिए।
१८६ रनको विसाल लक्ष लिएर जवाफी ब्याटिङमा उत्रिएको धनगढीको ब्याटिङ फितलो रह्यो। श्रीमन्था विजयारत्नेको १५ रन र रोड्रगो थोमसको १० रन बाहेक धनगढीका अरु ब्याट्सम्यान चल्न सकेनन्।

२०७६ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित