मौलिक पर्वमा युवा पुस्ताको बढ्दो सहभागिता

मंसिर २६, विराटनगर । मंसिर पूर्णिमा अर्थात् किराँत समुदायहरुको उद्यौली पर्व (चासोक तङनाम्) देशभरी विभिन्न कार्यक्रम गरी मनाईएको छ ।   

पूर्वी पहाडमा बसोबास गर्ने किराँत समुदायका राई, लिम्बू, याक्खाहरुको मौलिक पर्व साचोक तङनाम् (उद्यौली पर्व) पछिल्लो समय सामुहिक रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरेको छ ।   

वैशाखे पूर्णिमा देखि मंसिरे पूर्णिमासम्म उभौली र मंसिरे पूर्णिमा देखि वैशाखे पूर्णिमासम्म उधौली पर्वको रुपमा मनाउँदै आइएको छ ।  

प्रकृति पुजक आदिवासीहरु कृषिमा आधारित जीवनशैली अपनाउने गर्दछन् । वर्षभरी रोपेको  बालीहरु थन्काउने क्रममा इष्ट देवताका साथै प्रकृतिमा रहेका हावा, पानी सबैलाई पूजा गर्ने परम्परा रहेको छ । जसले अन्नवालीमा किरा, घुन नलाग्ने जनविश्वास छ ।   

सोही जनविश्वासका साथ विराटनर–११ साकेला थानमा पनि किराँत याक्थुङ चुम्लुङ महानगर समिति र किँरात या योक्ख्खाको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरी चासोक तङनाम (उद्योली पर्व) मनाइएको छ ।   

कार्यक्रममा मौलिलक पहिरन लगाएका युवायुवतीहरुको सहभागिता रहेको थियो । पुस्ता रुपान्तरणसँगै भोलिका पुस्ताहरुले आफ्नो परम्परा, मौलिकता नभुलुन भन्नका लागि युवाहरुलाई तालिम दिएर नै केलाङ नाच्न सिकाइएको किराँत याक्थुङ चुम्लुङका सचिव लक्ष्मी मेन्याङवोले बताए ।   

विगतका दिनहरुमा युवाहरुको सहभागिता कमै हुने गरेको तर पछिल्लो समय विभिन्न कार्यक्रमको आयोजना गरेसँगै युवाहरुप्रति पनि आफ्नो मौलिक परम्परामा लगाव बढेको उनको भनाइ थियो ।   

पिता पुर्खाले मान्दै आएका पर्वलाई र आदिवासी सभ्यतालाई जीवन्त राख्ने उद्देश्यले यस्ता खालका पर्व वर्षेनी मनाउँदै आएको आदिवासी जनजाति महासंघका अध्यक्ष दिल बहादुर थेवेले बताए ।   

कार्यक्रममा राई जातिहरुले नाच्ने सोकला नाच र लिम्बु जातिले नाच्ने केलाङ नाचको प्रस्तुती रहेको थियो । केलाङ नाच अर्थात् ढोल बजाएर नाचिने नाँचको लिम्बू मुन्धुम अनुसार प्रकृतिसँग सम्बन्ध रहेको दिलबहादुर थेवेले बताए ।   

कालन्तरमा लिम्बु जातिहरु जंगलमा बसोबास गर्ने गरेको र जंगलको संरक्षण र भूत प्रेत भगाउनका साथै जंगली जनावरसँग जोगिनका लागि बाजा बजाउने गरेको उनको भनाइ छ ।   

सोहि अन्तर्गत ‘के’ लिम्बु भाषामा बाघ र ‘लाङ’ को अर्थ नाच्नु बाघ नाच्नु यही शाब्दीक अर्थबाट केलाङ नाचको उत्पति भएको उनले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 1 =