३० हजार टाकामा नेपाल भित्रिन्छन् रोहिंग्या


मंसिर २६, काठमाडौं । अन्सर मोहम्मद र हुसेन हसिद म्यानमारबाट विस्थापित भएर बंगलादेशमा शरणार्थी जीवन विताइरहेका थिए । नेपालमा शंयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर)बाट शरणार्थीको मान्यता पाइन्छ भन्ने उनीहरुले सुने ।
त्यसपछि नेपाल छिर्न एजेन्टलाई ३० हजार बंगाली टाका (करिब ४० हजार रुपैंयाँ) बुझाए । सात महिनाअघि काठमाडौं आइपुगेका उनीहरु बुढानिलकण्ठ नगरपालिका–११ स्थित राम मन्दिर नजिकै टहरामा बसिरहेका छन् ।
मोहम्मद र हसिद दुवै रोहिंग्या समूदायका हुन । उनीहरु यहाँ आएपछि यूएनएचसीआरमा शरणार्थी पहिचान माग्दै निवेदन पनि दिएका छन् । तर नाम दर्ता भइसकेको छैन । उनीहरु जसरी नै बंगलादेशबाट भारत हुँदै काठमाडौं आइपुगेर राम मन्दिर नजिकैका टहरामा बसिरहेका रोहिंग्या अरु १ सय ७१ जना छन् ।
null
रोहिंग्या बुढानिलकण्ठकै नलसुनेटार र काभ्रेको पनौतीमा समेत गरी ३ सय ७८ जना छन् । रोहिंग्यालाई यहाँ ल्याउन र बस्ने ठाउँ मिलाउन गिरोह नै सक्रिय रहेको गृह मन्त्रालयको ठम्याइ छ । यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।
