मलद्वार भित्र लुकाई ल्याएको सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय पक्राउ

पुष १५, काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।   

महाराष्ट्र ठाणेका सुनिल हरिरामलाई प्रहरीले सुनसहित मंगलबार बिहान ८ बजे पक्राउ गरेको हो ।   

बिहान ८ बजे फ्लाई  दुबईबाट काठमाडौं आईपुगेका उनले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरिएको प्रहरीले बताएको छ । उनले दुई वटा प्लाष्टिकमा पोको पारेर आधा किलो सुन मलद्वारमा लुकाएर ल्याएका थिए। 

एक्सरे गरेर हेरेपछि उनले मलद्वारमा लुकाएर ल्याएको सुन फेला थाहा  प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 13 =