चुनावमा हारेकी नेकपाकी रुपा उपनिर्वाचनमा विजयी
२०७६ मंसिर १५ गते

मंसिर १५, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा सत्तारुढ नेकपाकी रुपा शाही विजयी भएकी छिन् ।
नेपाली कांग्रेसकी तारा शाहीलाई ६९ मतले पराजित गर्दै नेकपाकी रुपा विजयी भएकी हुन् । उनले ४ सय ५४ मत प्राप्त गर्दा कांग्रेसकी उम्मेद्वार ताराले १ हजार ३ सय ८५ मत मात्र पाइन् ।
उपाध्यक्षका लागि राप्रपा संयुक्तका दीपबहादुर शाहीले पनि उम्मेद्वारी दिएका थिए । उनले १० मत मात्र पाए ।

विजयी रुपा यसअघिको चुनावमा सोही पदमा पराजित भएकी थिइन् । उनलाई पराजित गरी विजयी भएकी सिन्धु शाहीको जीप दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो ।
२०७६ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित








