धरानमा कांग्रेसको अग्रता, तोडिएला लालकिल्ला ?

मंसिर १६, धरान । कम्युनिस्टहरुको लालकिल्ला धरान यसपटक धर्मराएको छ । २०४६ साल यताका हरेक निर्वाचनमा जीत हासिल गर्दै आएका कम्युनिस्टहरु पहिलो पटक धरानमा कमजोर भएका छन् ।  मंसिर १४ गतेको स्थानीय तह अन्र्तगत धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा नेपाली कांग्रेसले ऐतिहासिक जीत हासिल गर्ने लक्षण देखिएको छ ।   

धरानका अधिकांश कम्युनिस्ट बाहुल्यता भएका वडाको मत गनिसक्दा सत्तारुढ नेकपा १६२७ मतले कांग्रेस भन्दा पछाडी छ । धरानको ताजा मत परिणाम अनुसार नेपाली कांग्रेसका तिलक राईले २१३११ मत प्राप्त गर्दा नेकपाका प्रकाश राईले २०००८ मत प्राप्त गरेका छन् ।   

दुई दिन देखि जारी मत गणनामा सुरुका केहि गणनामा प्रकाश राईले अग्रता हासिल गरेपनि त्यसपछि तिलक राईको भोट बढ्दै गएको छ । आज विहान आइपुग्दा १३ सयको मतान्तर देखिएपनि धरानमा कांग्रेसले ऐतिहासिक जीत हासिल गर्ने अनुमान गर्न थालि सकिएको छ । 

अहिले वडा नं. ४ र ६ को गणना भइरहेको हाम्रा संवाददाता भरतराज शर्मा (गोपाल)ले जानकारी दिएका छन् । अब गन्न बाँकी रहेका वडा १, २, ३, ५ र ७  हुन । धरानको वडा नं.१, २, ३, ५ र ७ नेपाली कांग्रेसको पकड क्षेत्र हो । यहाँको अधिकांश भोट नेपाली कांग्रेसलाई गएको छ । विगतका मतपरिणाम हेर्दा यहाँ नेकपाको अवस्था कमजोर छ । धरानको यो क्षेत्र माडवारी समुदाय र नेवार समुदायको बाहुल्यता भएको क्षेत्र हो । त्यहि भएर यसपटक धरानमा नेपाली कांग्रेसले लालकिल्ला तोड्ने अपेक्षा गरिएको छ ।   

प्राप्त पछिल्लो मत परिणाम अनुसार कांग्रेस पछि धरानमा संघिय लोकतान्कि लिम्बुवान मञ्च रहेको छ । मञ्चका अमर इजमले १००८ मत पाएका छन् । उपेन्द्र÷डा.बाबुराम भट्टराईको समाजवादी पार्टी चौथो नम्बरमा छ । समाजवादीका गजेन्द्र इस्वोले ६५२ मत प्राप्त गरेका छन् ।   

धरानमा आज बेलुकासम्म निर्वाचनको परिणाम आउने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *