कार दुर्घटनामा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखको निधन

मंसिर २३, बुटवल । कपिलवस्तुमा आज बिहान कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखको मृत्यु भएको छ ।  दुर्घटनामा परि  ५ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ को बोडगाउँ नजिकै  बा ८ च ६३९० नम्बरको कार दुर्घटना भएको हो ।   

दुर्घटनामा कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरका अन्दाजी २९ वर्षीय बैंकका शाखा अधिकृत सुरेश पाण्डेको मृत्यु भएको हो । 

null

घाइतेहरु मध्ये दुई जनाको बुटवलमा उपचार भैरहेको छ । अरुको चार नम्बरस्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको कार अनियन्त्रित भएर सडक नजिकै रहेको विद्युतको पोलमा ठोक्किएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =