नेपाल पेडियाट्रीक सोसाईटीको प्रदेश नम्बर एक गठन

पुस ९, धरान ।  काठमाडौ केन्द्रीत रहेको बाल रोग बिशोषज्ञ डाक्टरहरुको संस्था नेपाल पेडियाट्रीक सोसाईटीको प्रदेश नम्बर १ को पनि समिती गठन भएको छ ।   

अस्पतालमा बालरोग सम्बन्धी उपाचार तथा बिभिन्न रोगलागायतका क्षेत्रमा अध्ययन अनुसन्धान गर्नुका साथै समाजिक दयित्व पुरा गर्नै  उदेश्यका साथ महत्पूर्ण काम गर्ने गरी नै सो समिती गठन गरिएको नव गठित सो समतिका सचिव डा. अरुण कुमार सिंहले जानकारी दिए ।   

गत शुक्रबार बिराटनगर बसपार्क स्थित होटल जेनियलमा गठन गरिएको सो सोसाईटीको अध्यक्षमा डा. हेम सागर रिमाल, उपाध्यक्षमा टंक बाराकोटी, महासचिवमा डा. अरुण गिरी, सचिवमा डा. अरुण कुमार सिंह, कोषअध्यक्षमा डा. मनोज श्रबास्तव, सह-कोषअध्यक्षमा डा.अन्सु पौडेल चयन भएका छन् ।   

त्यसैगरी सदस्यहरुमा डा.शंकर प्रसाद यादव, डा. बबिता खनाल (काफले) डा.जितेन्द्र ठाकुर, डा. मनिस यादव,  डा. सिबि झा, डा. सुरेश साह, डा. सुस्मिता मिश्रा, डा. सन्दिप सिंह र डा. सोनिया दाहाल चयन भएका छन् भने सल्लहकारमा प्रोफेसर डा. निशाा केसरी भट्टलाई चयन गरिएको सचिव डा. अरुण सिहंले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *