आज सुनको भाउ स्थिर, चाँदी बढ्यो

पुस १०, काठमाडौँ । बुधबार तोलामा ६ सय रुपैयाँ बृद्धी भएको सुनको भाउ बिहिबार स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

बुधबार प्रतितोला ७२ हजार ८ सय कायम भएको छापावाल सुन भाउ आज पनि सोही मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ ।  महासंघका अनुसार बुधबार प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी पनि आज सोही मूल्य यथावत् रहेको छ ।  

बिहिबार  चाँदीको  मूल्य भने तोलामा ५ रुपैयाँ बृद्धी भएको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँ कायम  भएको छ ।   

Image result for सुनको भाउ स्थिर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eleven =