‘इन्डियन आइडल’ सिजन ११ मा अबको जज हिमेश रेशमिया

मंसिर १८, काठमाडौं । भारतीय टेलिभिजनको लोकप्रिय रियालीटी शो ‘इन्डियन आइडल’को सिजन ११ को अबको जज गायक हिमेश रेशमिया आउने भएका छन् । संगीतकार अनु मलिक हटेपछि त्यस ठाउँमा हिमेश रेशमिया आउने पक्का भएको हो ।   

मिटु को आरोप खेपिरहेका अनु मलिकले शोबाट आफूले तीन हप्ताको ब्रेक लिएको बताएका थिए । 

बिहीबार गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकको यौन शोषणको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाएको थियो । आयोगले सोनी टेलिभिजनसँग स्पष्टिकरण मागेको थियो ।   

null

आयोगले सोनी इन्टरटेनमेन्ट टेलिभिजनका अध्यक्ष रोहित गुप्तालाई सूचना जारी गर्दै मलिकलाई शोबाट निकाल्न आग्रह गरेको थियो । 

सोनी टेलिभिजनले अनु मलिक शोमा नफर्किने जानकारी दिएको उल्लेख गरिएको छ । उक्त सो मा नेहा कक्कड र विशाल ददलनी सहित अनु मलिक जजको रुपमा नजरआएका थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *