प्रहरीभित्र हुने खेतीमा हेडक्वाटरबाटै ठूल्ठूला अफिसर सक्रिय, को–को लाग्या छन् सबै थाहा छः आईजीपी खनाल

मंसिर २५, काठमाडौँ । प्रहरीमा चल्ने खेती पनि कस्ता हुन थाले भने, एउटापछि अर्को गर्दै ‘आईजीपी हट्दैछन्’ भनेर हल्ला गराउने । यसका लागि हेडक्वाटरभित्रैबाट ठूल्ठूला अफिसर सक्रिय भएको भनी आईजीपी सर्वेन्द्र खनालले केही दिनअघि पिसीसी बैठकमै भने – को–को लाग्या छन्, सबै थाहा छ ।’ 

बजारमा अब प्रहरीबारे आउने लागेको नयाँ फन्डा हो, ‘गुण्डा नाइके कुमार श्रेष्ठ (घैँटे) दोहोरो भिडन्तमा मारिएको नभएर प्रहरीको बल प्रयोगबा मारिएको भनी राष्ट्रिय मानवअधिकार आयोगको ठहर ।’ घैँटे मारिनुअघि मारिएका अर्का गुन्डा नाइके दिनेश अधिकारी चरी बारेको कुरालाई ओझेमा पार्दै घैँटे प्रकरण उछाल्ने तयारी हुनुका पछाडिको कारण हो, आइजीपीविरुद्ध शक्तिकेन्द्रमा प्रभाव पार्नु । स्मरणीय छ, घैँटे मारिँदा अहिलेका आइजी अपराध महाशाखाका प्रमुख थिए । 

यसअघि सर्लाहीमा मारिएका विप्लव नेतृत्वको नेकपा नेता कुमार पौडेलको मुठभेडमा नभइ प्रहरीको बल प्रयोगबाट मृत्यु भएको ठहरसहित मानवअवधिकार आयोगको रिपोर्ट अनुसार आइजीपी हट्ने हल्ला चल्यो । तर उनी हटेनन् । अख्तियारमा खरिद प्रकरणको उजुरी पर्यो, आइजीपी अब हट्छन् भन्ने हल्ला आयो । 

null

सामान्यता मानवअधिकार आयोगले कुनै संवेदशनशील विषयको अध्ययन गरेपछि त्यस्तो प्रतिवेदन राज्यका निश्चित निकायका पनि प्रमुख व्यक्तिलाई मात्र दिइन्छ, सार्वजनिक गरिदैन । तर, कुमार पौडेल घटनाको छानविन प्रतिवेदन हतार हतारमा बाहिर ल्याइँदा न त्यो प्रतिवेदन कार्यान्वयन हुनसक्यो न त्यो प्रतिवेदन हतारमा ल्याइनुको अर्को मक्सद नै पूरा भयो । याे समाचार जनआस्था साप्ताहिकले छापेकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =