नेपालको सीमाबाटै छिर्छन् भारतमा अशान्त फैलाउने तत्वः गृहमन्त्री अमित शाह

  

पुस ४, भारत ।  भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतमा अशान्त फैलाउने तत्व नेपालको सीमाबाटै छिर्ने आरोप लगाएका छन् । उनले भनेका छन्, ‘केही यस्ता तत्व छन् जो भारतमा शान्ति देख्न चाहँदैनन् र उनीहरु देशमा प्रवेशका लागि खुल्ला सीमा, विशेषगरी नेपालका सीमा प्रयोग गर्छन् ।’ 

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार अमित शाहले सशस्त्र सीमा बलको ५६ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा पछिल्लो एक वर्षमा भारतमा घुसपैठको प्रयास गर्ने दुई पाकिस्तानीसमेत ५४ लाई पक्राउ गरिएको छ । यी व्यक्तिहरु पाकिस्तानसमेत २४ देशका नागरिक हुन् । 

Image result for भारतका केन्द्रीय गृहमन्त्री अमित शाह

सशस्त्र सीमा बल अर्थात् एसएसबी नेपाल र भूटानसँग जोडिएको १ हजार ७ सय ५१ किलोमिटर लामो सीमाको रक्षा गर्छन् । शाहले नेपाल र भुटानसँग भारतको सम्बन्ध मैत्रीपूर्ण रहेको बताएका छन् । 

उनले भने, ‘जब संसारमा यात्रा गर्न सहज हुन्छ तब ती देशका ती तत्व जो भारतमा शान्ति देख्न चाहँदैनन् उनीहरु देशमा घुसपैठका लागि नेपालको सीमा प्रयोग गरिरहेका छन् ।’ एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *