सिद्धबाबा भनिने कृष्ण गिरीलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति
२०७६ मंसिर १६ गते

मंसिर १६, सुनसरी । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सोमबार अदालतले गिरीमाथि थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीलाई अनुमति दिएको हो ।
बलात्कारको आरोप लागेलगत्तै स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अस्पताल भर्ना भएका गिरीलाई प्रहरीले सोमबार बिहानै ५ बजे पक्राउ गरेर हिरासतमा राखिएको थियो ।
null
गत कात्तिक ४ मा उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ ।
२०७६ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित








