नागरिकले दिएको बहुमत देशलाई उत्तर कोरिया बनाउन होइन : कांग्रेस प्रवक्ता
२०७६ पुस १४ गते

पुष १४, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नागरिकले देशलाई उत्तर कोरिया बनाउन बहुमत नदिएको बताएका छन् । उनले संसदको विकास तथा प्रविधि समितिबाट आइतवार बहुमतले पारित सूचना प्रविधि विधेयकमाथि टिप्पणी गर्दै सो कुरा बताएका हुन् ।
प्रवक्ता शर्माले सोमबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कसैले जिस्क्याउंदा उसलाई सम्झाउन या सहन तयार रहेको तर उसलाई जेल पठाउन सहमत नभएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘कैद पाँच वर्ष / जरिवाना १५ लाख के यो सही छ ? छैन भने खुलेर बोलौं, जमेर बोलौं । शर्माले नागरिकले देशलाई उत्तर कोरिया बनाउन बहुमत नदिएको भन्दै प्रधानमन्त्री कार्यालयलाई मेन्सन समेत गरेका छन्।

२०७६ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








