डिजिटल नेपाल अर्थतन्त्रको ‘गेमचेन्जर’ : मन्त्री बाँस्कोटा

पुस ०३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा निजी क्षेत्र सहकार्य गर्ने र त्यसको नेतृत्व सरकारले गर्ने बताएको छ ।
बुधबार राजधानीमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री वाँस्कोटाले डिजिटल नेपाल फ्रेमवर्क नेपालको अर्थतन्त्रको ‘गेमचेन्जर’ कार्यक्रम भएको बताएका छन् ।
मन्त्री बास्कोटाले नयाँ पुस्ताको सूचनाप्रविधिमा आकर्षण डिजिटल नेपालको मुख्य उत्साह र अवसर रहेको बताए। डिजिटल नेपालको सपना साकार पार्न सूचना प्रविधिको खाडल अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘जोखिस डिजिटल पहुँच छ, उनीहरुले नै सम्पत्ति आर्जन गर्न सक्छन् ।
null
त्यसैले त्यसको लाभ असंख्य मानिसले लिनुपर्छ । डिजिटल पहुँचमा महिला लगायत वर्गको पनि पहिलो र बराबर पहुँच सुनिश्चित हुनुपर्छ ।’ आउँदो पाँच वर्षभित्र डिजिटल नेपालको कार्यान्वयन सम्पन्न गर्न सरकारलाई ठूलो बजेटको आवश्यक पर्ने भन्दै मन्त्री बाँस्कोटाले सूचना प्रविधि क्षेत्रको लगानीलाई एकीकृत गरी लैजाने र पूर्वाधारको सहप्रयोगको नीति अवलम्बन गरिने बर्ताए।
‘कार्यक्रमको नक्कल नहोस् भनी लगानीलाई एकीकृत गर्नुपर्छ र पूर्वाधार लागत घटाउन र सस्तो सेवा दिन सहप्रयोगको नीतिभित्र कार्ययोजनालाई संस्थागत गर्नुपर्छ ।’ उनले भने । सहप्रयोगको नीतिलाई प्रभावकारी बनाउन र मन्त्रालयबीच समन्वयलाई चुस्त बनाउन दूरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणसम्बन्धी छुट्टै नियमावली पनि बनेको उनले जानकारी दिए। यो समाचार गोरखापत्र दैनिकले छापेको छ ।








