पानीमा डुबेर २ बालकको मृत्यु, विप्लव समूहनिकट युवा संगठनका उपत्यका संयोजक पक्राउ

पुस ६, काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१ अठ्ठाइसेको किचेनीदहमा पानीमा डुबेर २ जना बालकको मृत्यु भएको छ ।   

मृत्यु हुनेमा स्थानीय भुपेन्द्र घर्तीका साढे २ वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीको ४ वर्षीय छोरा समिर घर्ती रहेका छन् ।   

खेल्ने क्रममा बालकहरु पानीमा डुबेको र शवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पोष्टमार्टम गरिएकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।   

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।   

यस्तै प्रहरीले विप्लव नेतृत्वको समूह निकट युवा संगठनका उपत्यका संयोजक राजु घिमिरेलाई नियन्त्रणमा लिएको छ ।   

ललितपुरको कुमारीपाटीबाट मंसिर ३० गते बेलुका घिमिरेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घिमिरले काठमाडौं उपत्यकामा विभिन्न उद्योगपतिहरुसँग धम्क्याएर चन्दा माग्ने र भौतिक कार्वाहीको धम्की दिन गरेको प्रहरीको आरोप छ ।   

प्रहरीका अनुसार उनको साथबाट विप्लव समूहसँग सम्बन्धित विभिन्न दस्तावेजहरु बरामद गरिएको छ । 

उनलाई आपराधिक लाभ लिन नहुने (एक्सटर्न) मुद्दामा थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − six =