ठगी मुद्दा मिलाई दिन्छु भन्दै ४० हजार घुस लिने इन्सपेक्टर नियन्त्रणमा

मंसिर २७, काठमाडौं । ४० हजार घुस रकम सहित महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापा लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।   

प्रहरी निरीक्षक थापाले सेवाग्राहीको महानगरीय अपराध महाशाखा, काठमाडौंमा दर्ता रही जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई प्रतिवादी उपर कानुन बमोजिम पक्राउ गर्नु पर्नेमा सो नगरी ठगी भएको रकम असुल उपर गराउने बातावरण मिलाई दिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेका थिए ।   

सोहि  सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज प्रहरी निरीक्षक थापालाई चालिस हजार घुस वापतको रकम लिईसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।   

उनलाई ललितपुर महानगरपालिका वडा नं. १५ स्थित शुद्ध साकाहारी खाजाघरबाट उक्त घुस रकम सहित रंगेहात नियन्त्रणमा लिईएको हो ।  उनी विरुद्ध थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *