पार्टी चलाउने कार्यकारी जिम्मेवारी पाएपछि प्रचण्डको सक्रियता बढ्दै, आज नेकपा सचिवालय बैठक बस्ने

मंसिर २३, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै  छ । आज दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको कार्यकारी भूमिका पाएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्ने बताइएको छ ।   

यसअघि सचिवालयको बैठक आज बिहान ९ बजेका लागि बस्ने भनिएको भए पनि नेताहरुको व्यस्तताका कारण भन्दै दिउँसो १ बजेका लागि सारिएको हो । सचिवालय बैठकमा उपनिर्वाचनको परिणामलगायत पार्टीको एकताको विषयमा पनि छलफल हुने बताइएको छ ।   

केही समयअघि बसेको बैठकले पार्टीको प्रधानमन्त्री एवं पार्टि अध्यक्ष केपी शर्मा ओलीलाई सरकार चालउने र प्रचण्डलाई पार्टीको कार्यकारी जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारी अनुसार आज प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।   

Image result for nekapa sachiwalaya

त्यस्तै लामो समयदेखि बस्न नसकेको पार्टीको स्थायी समिति बैठक बोलाउने सम्बन्धमा पनि नेकपाको उच्च तहमा छलफल भइरहेको छ । स्थायी समिति बोलाउने र त्यसमा प्रस्तुत हुने एजेन्डा तय गर्ने विषयमा नेकपा नेतृत्व जुटेको छ । 

त्यस्तै प्रतिनिधि सभाको सभामुखको निर्वाचनका सम्बन्धमा पनि सचिवालयमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =