जिल्ला अदालतमा सिद्धबाबा कृष्णदास, अनुयायीद्वारा प्रदर्शन

इनरुवा, ११ पुष । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी ( कृष्णदासजी )  विरुद्धको अदालती प्रकृया सुरु गरिएको छ ।   

उनी बिरुद्ध  अदालती प्रकृया सुरु भएपछी उनका केही समर्थकले अदालत अगाडी बिरोध प्रदर्शन गरेर अदालती काममा बाधा पुर्याउने कोशिस गरिरहेका छन् । 

आफ्नै एक भक्तलाई बलात्कार गरेका आरोप लागेका गिरीको सुनसरी जिल्ला अदालत इनरुवामा थुनछेकका लागि न्यायाधीशहरु बीचमा गोला हानिएपछि गिरी उपरको अदालती प्रकृया सुरु गरिएको हो ।   

एम्बुलेन्समा राखी अदालतमा उपस्थित गराइएकोको गिरीको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको बेन्चमा परेको छ । 

कृष्णदासको अब अदालतमा बयान प्रक्रिया सुरु हुने र बयान सकिएपछि थुनछेकको प्रकृया अघि बढ्ने बताईएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =