६३५ मेगावाटको दूधकोसी आयोजना बन्ने

मंसिर २४, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको विस्तृत अध्ययन प्रतिवदेन डीपीआरलाई अन्तिम रूप दिने तयारी गरिरहेको छ भने वित्तीय व्यवस्थापनका लागि पनि सक्रियता बढाएको आयोजनाले जनाएको छ । 

खोटाङ र ओखलढुङ्गाको सीमा क्षेत्र र भुँवाघाटदेखि डेढ किलोमिटर तल दूधकोसी नदीमा बाँध बाँधेर सुनकोसीमा पानी पु¥याउने र त्यहाँबाट छ सय मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । त्यस्तै बाँधस्थलनजिकै अर्को विद्युत्गृहबाट थप ३५ मेगावाट विद्युत् उत्पादन गर्न खोजिएको छ ।   

यसअघि भूमिगत विद्युत्गृह बनाएर ८३५ मेगावाट उत्पादन हुनसक्ने देखिएकामा आर्थिक तथा अन्य कारणले ६३५ मेगावाट नै बनाउने निष्कर्षमा प्राधिकरण पुगेको छ । ८३५ मेगावाटमा बनाउँदा वित्तीय प्रतिफल अनुपात ९.२ प्रतिशत र ६३५ मेगावाटमा बनाउँदा ९.६ प्रतिशत हुने अनुमान प्राधिकरणको छ ।   

null

आयोजना प्रमुख वसन्त श्रेष्ठका अनुसार अहिले परामर्शदाताले डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए तथा पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन जनवरी अन्त्यसम्ममा बुझाउने छ । आयोजनाको इटालियन परामर्शदाता ईएलसी इलोक्ट्रो कन्सल्टले जापानको न्युजेकसँगको सहकार्यमा अध्ययन गरिरहेको छ । सम्झौताअनुसार परामर्शदाताले मङ्सिर २ भित्र बुझाउनुपर्ने कार्यसूची थियो । यो समाचार गोरखापत्र दैनिकले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =