नेपाल टोस्टमास्टर्सले वार्षिक सम्मेलन साइटेशन, २०१९ आयोजना हुँदै

मंसिर १५, काठमाडौं । काठमाडौंको ठमेलमा डिसेम्बर ७ शनिबार नेपालका टोस्टमास्टर्सहरुको दोस्रो वार्षिक सम्मेलन साइटेशन, २०१९ आयोजना हुने भएको छ ।   

सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यवसायिक संगठन र अन्य समुदायबाट करिब ३५० सदस्यहरुको उपस्थिति रहने छ ।   

इभ्यालुयशन एण्ड हयुमेरस स्पीच प्रतियोगिताकमा नेपालका ६ क्षेत्रका विजेताहरुले प्रतिस्पर्धा गर्ने जानकारी दिइएको छ । उक्त विजेता भारतको नयाँ दिल्लीमा हुने डिस्ट्रिक लेबल प्रतियोगिताका लागि छनोट हुनेछन् । 

प्रत्येक वर्ष एक जना गरै–टोस्टमास्टर्सलाई उनको संचार र नेतृत्व योगदानका लागि सम्मानित गरिन्छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा गत वर्षका पुरस्कृत डा. स्वर्णिम वाग्ले कार्यक्रममा यसपालीको ‘द कम्यूनिकेटर अवार्ड’ का विजेता घोषणा गर्नेछन् । 

कार्यक्रममा टोस्टमास्टर्स सदस्यहरुले आफ्नो गायन तथा सांस्कृतिक प्रतिभा प्रदर्शन गर्नेछन् । 

सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबाट शुरुवात भएको टोस्टमास्टर्समा सन् २०१७ सम्म पहिलो कर्पोरेट क्लब–लक्ष्मी बैंक टोस्टमास्टर्स क्लब लगायत ८ वटा क्लब मात्र थियो ।   

त्यसपश्चात डिस्ट्रिक ४१ को हिस्सा भएकाले विगतका केहि वर्ष यता क्लबहरु विस्तारको क्रम बढ्ढो रहेको छ । बैंक, शैक्षिक संस्था, पर्यटन उद्यमी, चाटर्ड एकाउन्टेन्ट, शिक्षक, महिला, उद्यमी र अन्य कार्यरत व्यवसायी गरेर हाल ३० वटा क्लब र ८५० भन्दा बढि सदस्यहरु रहेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =