आज बुधबार यसरी चम्किदैँ छ तपाईँको भाग्य, हेर्नुस् राशिफल र पञ्चाङ्ग

पुस ०९, काठमाडाैं । वि.सं. २०७६ पुस ९। बुधबार। इ.स. २०१९ डिसेम्बर २५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। चतुर्दशी, ११:१२ उप्रान्त औंसी। नक्षत्र– ज्येष्ठा, १७:११ बजेउप्रान्त मूल। योग– गण्ड, २४:३५ बजेउप्रान्त वृद्धि। करण– शकुनि, ११:१२ बजेदेखि चतुष्पद, २२:५० बजेउप्रान्त नाग। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– वृश्चिक, १७ ;११ बजेउप्रान्त धनु। काठमाडौंमा सूर्योदय– ६:५३ बजे, सूर्यास्त– १७:१३ बजे र दिनमान २५ घडी ० पला। दर्श श्राद्ध। क्रिसमस डे। निशी बार्ने औंसी।
तपाईँको आजको राशिफल
मेष
null
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवादपनि बढ्नेछ । चोटपटक लाग्न सक्नेछ ।
वृष
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ । विशेष यात्रा पनि हुनसक्छ ।
मिथुन
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । हरियो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ । वाहान सुखपनि मिल्नेछ ।
कर्कट
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । भौतिक साधन जुटाउने समय छ ।
सिंह
शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।
कन्या
बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक यात्राको योगछ ।
तुला
धार्मिक र सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
वृश्चिक
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रापनि हुनसक्छ ।
धनु
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । झैँ–झमेलाको अवस्थापनि आउला ।
मकर
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।
कुम्भ
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । वस्त्र लाभपनि हुनेछ ।
मीन
शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलतापनि मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल








