भोली पनि नबस्ने संसद बैठक
२०७६ पुस १५ गते

पुष १५, काठमाडौं । पुष १६ गते बस्ने भनिएको प्रतिनिधिसभा बैठक नबस्ने भएको छ । संसद सचिवालयका महासचिव मोहनप्रसाद भट्टराईले सुचना टाँसेर १६ गतेका लागि बोलाइएको संसद बैठक पुष २७ गते बस्ने गरि स्थगित भएको जनाएका छन् ।
पुष ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले हिउँदे अधिवेशन आह्वान गर्दै पठाएको पत्र पढेर सुनाएपछि अहिलेसम्म संसद बैठक बस्न सकेको छैन ।
२०७६ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








