४६ लाख ब्लडमनी तिरेर साउदीबाट फर्किए जलेश्वर

मंसिर २६, काठमाडौं । ब्लडमनी तिरेर साउदी अरेबियाको जेलबाट छुटेर स्वदेश फर्किएका जलेश्वर महतोले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले जीवनरक्षाका लागि ब्लडमनीवापत्को रकम उपलब्ध गराइदिएको भन्दै सामाजिक स्वयम सेवक मिसनमार्फत् रकम पठाउनेहरुलाई धन्यवाद व्यक्त गरेका हुन् ।   

मिसनले बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संकलित मध्येको बाँकी एक लाख १८ हजार रुपैयाँ महतोलाई हस्तान्तरण गरेको छ । मिसनका संयोजक सागर लामिछानेले रकम हस्तान्तरण गरेका हुन् ।   

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा महतोले ब्लडमनीवापत् ९० लाख तोकिएकोमा ४६ लाख २५ हजार नेपाली रुपैयाँ बराबरको साउदी रियाल पठाइएपछि आफ्नो जीवनरक्षा भएको बताए ।   

‘ब्लड मनी वापत्को ९० लाख जुटाउने मेरो हैसियत थिएन, ४६ लाख २५ हजार सामाजिक स्वयम सेवक मिसन नेपालले जुटाएर पठायो र बाँकी रकम साउदीको जेलले मिनाहा ग¥यो,’ चितवन स्थायी घर भएका महतोले भने ।   

उक्त रकम बुझेपछि आफू घर फर्किएको उनले बताए । साउदी अदालतले सवारी चलाएर दुर्घटना भएपछि महतोलाई हत्यामा मुद्दा चलाएर दोषी ठहर गरेको थियो । घटनापश्चात् अलकुरीयात जेलमा राखे पनि पछि रियाद जेलमा सारीएको  थियो ।   

सामाजिक स्वयम सेवक मिसनका संयोजक समेत रहेका अभियन्ता सागर लामिछानेका अनुसार २०७१ मा कामको सिलसिलामा साउदी पुगेका चितवन खैरेनी नगरपालिका– १० पिद्रहनीका जलेश्वर महतो कम्पनीको गाडी चलाउने क्रममा ९ महिनामा नै दुर्घटनामा परेका थिए ।   

उनले चलाएको गाडीको ठक्करबाट एउटा मानिसको मृत्यु भएपछि हत्याको अभिगोगमा साउदी स्थित अलकुरीयात जेल चलान गरिएको थियो । हत्याको अभियोग लागेका महतोलाई साउदीको अलकुरियात जेलले ९० लाख ब्लड मनि तोक्योे । हत्याका दोषीले ब्लडमनीवापत् रकम तिरेमा सजाय छुट हुने साउदी अरेबियाको कानुनमा उल्लेख छ । ९० लाख रकम जुटाउन सामाजिक स्वयम सेवक मिसन सक्रिय भएको थियो ।   

ब्लडमनी वापत्को रकम संकलन गरेर छोराको ज्यान बचाइदिएकोमा महतोका बाबु सुकरा महतोले खुशी व्यक्त गरे । उनले सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । जलेश्वरकी आमा मलुई महतोले छोराको जीवनरक्षा भएकोमा सबैमा धन्यवाद व्यक्त गरिन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eighteen =