ललितपुरमा भरुवा बन्दुकसहित तामाङ पक्राउ

पुस ९, काठमाडौँ ।  बुधबार ललितपुरमा प्रहरीले हतियार सहित एक जनालाई पक्राउ गरेको छ ।   

प्रहरीले ललितपुरको लाकुरी भञ्ज्याङबाट लुभु आउने क्रममा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा  ललितपुरको महालक्ष्मी नगरपालिका–१० का पूर्णबहादुर तामाङ रहेको महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङले जानकारी दिएका छन् ।   

Image result for भरुवा बन्दुक

प्रहरीका अनुसार पक्राउ परेका तामाङ माथी अनुसन्धान भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *