उपसचिवको कमाइ ५१ लाख, सम्पत्ति साढे १० करोड !

पुस ०२, काठमाडौं । तोतापानी भन्सारका निर्वतमान प्रमुख कृष्णबहादुर बस्नेतको ३० वर्षको अवधिमा १० करोड ५६ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको भेटिएको छ ।   

उत्त अवधिमा तलबभत्ता र अन्य सुविधाबापत उनले प्राप्त गरेको रकम ५१ लाखमात्रै हो । आम्दानी र खर्चको अनुपात गणना गर्दा करिब ३५ लाख रुपैयाँ बचत गरेको उनको छोराछोरी पढाउन मात्रै झन्डै ८७ लाख रुपैयाँ खर्च गरेका छन् ।   

०४५ मंसिर २९ गतेदेखि लेखापाल भएका उनले आफ्नो आर्जनलाई बैध बनाउनकै लागि ०४४ फागनु १६देखि जागिर खाएको दाबी गरेका थिए । ०५४ असोज ८ गते शाखा अधिकृत र ०६७ बैशाख ३ गतेदेखि उपसचिव भएका विभाग, भन्सार, राजस्व र कर कार्यालयमा काम गरेका थिए । कान्तिपुर दैनिकले खबर छापेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =