मोरङको वडाध्यक्षमा काँग्रेस उम्मेद्वार विजयी

मंसिर १५, मोरङ । मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन्। 

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नारायणप्रसाद साहले एक हजार ७०१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पङ्कज मण्डलले एक हजार ४९७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  

मंसिर १४ गते शनिबार ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन भएको थियो । विभिन्न जिल्लाका मत परिणामहरु सार्वजनिक हुने क्रम जारी छ ।  

Image result for काँग्रेस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =