जीप दुर्घटनामा परि पाल्पामा दुईजनाको मृत्यु

मंसिर १९, काठमाडौं । बुटवलबाट पाल्पा जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको  मृत्यु भएको छ । 

पाल्पाको तानेसन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप केराबारी स्थित सडकबाट खोलामा खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनाका बारेमा विस्तृत विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =