बोक्सोको आरोपमा वडाध्यक्षलाई कालोमोसो र जुत्ताको माला
२०७६ मंसिर २३ गते

मंसिर २३, चितवन । चितवनमा वडाध्यक्षलाई बोक्सोको आरोपमा कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । बोक्साको आरोपमा इच्छाकामना गाउँपालिका २ का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि एक समुहले कुटपिट गरि कालोमोसो र जुत्ताको माला समेत लगाइदिएका हुन् ।
वडा कार्यालयमा नेपाली कांग्रेसका कार्यकर्ताले ताला लगाएपछि वडाको सामान सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् ।
उनीहरुले बोक्सा भएको आरोप लगाउँदै मलमुत्र पनि खुवाउन खोजेको र उनले प्रकार गरेको बताउका छन् ।
null
घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको छ ।
२०७६ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित








