संसदभित्रै यौनहिंसा, इज्जतको डरले सहन बाध्य
२०७६ मंसिर २५ गते

मंसिर २५, काठमाडौं । यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परे भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’
गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेस्र्याएका प्रश्न हुन् यी । उनले संसदभित्रै आफूहरुमाथि यौनहिंसा भएको बताइन् । भनिन्,‘पुरुष सांसदबाट संसदभित्रै हामीमाथि यौनहिंसा भएको छ, तर इज्जतको डरले सहन बाध्य छौँ ।’
पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’ उनले भनिन् ।
null
पढेलेखेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेकामा उनले गुनासो गरिन् । याे समाचार कान्तिपुर दैनिकले छापेको छ ।
२०७६ मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित








