प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२० को आवेदन खुला

पुष ७, काठमाडौं । डाबर नेपालको लोकप्रिय ब्रान्ड प्रोस्टाइल ग्रुप अफ इभेन्ट इन्टरटेनर (जीईई)को म्यान हन्टको प्रमुख प्रायोजक बन्ने भएको छ ।   

आज एक कार्यक्रममका बीच प्रोस्टाइल र ग्रुप अफ इभेन्ट इन्टरटेनरले संयुक्त रुपमा म्यान हन्ट इन्टरनेशनल नेपाल २०२० को आवेदन खुला गरिएको जनाएको छ । योसंगै प्रोस्टाइल लगातार सातौं वर्ष पनि उक्त प्रतियोगिताको प्रमुख प्रायोजक बनेको छ ।   

सो अवसरमा सञ्चारकर्मि, पूर्व म्यानहट विजेताहरु तथा अन्य प्रमुख व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । सो प्रतियोगितामा भाग लिनका लागि प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपालको फेसबुक पेजमा लगइन गरि फर्म डाउनलोड गर्न सकिनेछ ।   

प्रतियोगितामा भाग लिन नेपाली पुरुष १८ देखि ३४ वर्षसम्मको हुनुपर्ने, कम्तिमा उचाई ५ फिट ८ इन्च हुनुपर्ने, प्लस टू उत्तिर्ण हुनुपर्ने नेपालले जनाएको छ ।   

प्रतियोगिताको ग्रान्ड फिनाले मार्च २०२० मा काठमाडौंमा हुनेछ भने विजेताले नेपालको तर्फबाट इन्टरनेशनल २०२० मा प्रतिनिधित्व गर्नेछ । दोश्रो तथा तेश्रो हुनेले क्रमशः मिस्टर इन्टरनेशनल र मिस्टर ग्लोबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।   

कार्यक्रममा डाबर नेपालका सेल्स एवं मार्केटिङ प्रमुख उपेन्द्र प्रधानले भने, ‘डाबर नेपालले जीईईसंग साझेदारी गरि धेरै वर्षदेखि सफलता पूर्वक यस प्रतियोगितालाई आयोजजना गर्दै आइरहेको छ । सुरुवाती चरणदेखि आजसम्मको यात्रा निकै रमणीय रहेको छ । त्यस्तै प्रोस्टाइल डाबर नेपालको एउटा यस्तो एउटा ब्रान्ड हो जसले स्टाइलिस, कुल र कन्फिडेन्ट बन्न मदत गर्छ ।’ 

सो अवसरमा प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपालका २०१९ का विजेता बिवेश श्रेष्ठलाई फेब्रुअरी २०२० मा फिलिपिन्समा हुने  म्यान हन्ट इन्टरनेशनलका लागि विदाई गरिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =