त्रिवि सेवा आयोगले माग्यो सात सय बढी कर्मचारी (विज्ञापनसहित)
२०७६ मंसिर १५ गते

मंसिर १५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ७ सयभन्दा बढी पदमा स्थायी पदपूर्तिकालागि विज्ञापन प्रकाशित गरेको छ । त्रिवि सेवा आयोगले खुल्ला तथा समावेसी प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि आइतबार विज्ञापन प्रकाशित गरेको हो ।
उपप्रशासक, शाखा अधिकृत, लेखा अधिकृत, स्टाफ नर्स, बुक बाइन्डरसम्मका पदमा विज्ञापन खुलेको छ ।
सबैभन्दा बढी ७७ जना स्टाफ नर्स माग गरिएको छ । यसैगरी ५१ जना कार्यालय सहायक, ४३ जना मुख्य कार्यालय सहायक, ४० जना शाखा अधिकृत, २६ जना पुस्तकालय अधिकृत, २१ जना मुख्य लेखा सहायक र १५ जना लेखा अधिकृत पदमा विज्ञापन प्रकाशित भएको छ ।

२०७६ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित








