माघ ९ मा राष्ट्रिय सभाको निर्वाचन

मंसिर २६, काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुने भएको छ ।   

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराएका हुन् ।   

राष्ट्रिय सभाको ५९ सांसदमध्ये १९ जनाको दुई वर्षे कार्यकाल फागुन २० गते सकिँदैछ। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार पनि सदस्यको कार्यकाल सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ। 

Image result for राष्ट्रिय सभा

पहिलोपटक ५६ जना सदस्यको नै निर्वाचन भएको थियो। कूल ५९ मध्ये तीन सदस्य मन्त्रिपरिषदको सिफारिसमा मनोनीत भएका हुन्। संसद् सचिवालयले निर्वाचन भएर आएको विधि अनुसार नै ‘क्लस्टर’ विभाजन गरी २०७५ असारमा कार्यकाल विभाजनका लागि गोलाप्रथा गरेको थियो। 

जसमा पहिलो दुई वर्षे कार्यकालका लागि १९, चार र ६ वर्षे कार्यकालका लागि क्रमशः २०–२० जना सदस्य छन्।   

दुईवर्षे कार्यकाल पूरा गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना छन्। 

गोलाप्रथाको नतिजा अनुसार आउँदो फागुनमा कार्यकाल सकिनेमा कांग्रेस सांसद सुरेन्द्रराज पाण्डे, सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडा रहेका छन् ।   

नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पनि २ वर्षे कार्यकाल सकिँदैछ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =