कमेडी च्याम्पियनमा जब सुमनले चारै जना जजको मन जिते

मंसिर २३, काठमाडौं । नेपालको पहिलो कमेडी रियालिटी सो कमेडी च्याम्पियनमा सुमन कार्की टप १५ मा पुगेका छन् । ओखलढुङ्गामा जन्मिएका मोरङको रतुवामाईका कार्कीले उत्कृष्ठ प्रस्तुति दिदैं टप १५ सम्मको यात्रा सहजै पार गरेका छन् । अझै अघि बढ्ने क्रममा छन् । 

सुमन कार्की बिभिन्न कार्यक्रममा पनि क्यारिकेचरमा जमिरहेका कडा प्रतिस्पर्धी हुन् । ‘रेडियो अडियो’ र युटयुब च्यानल ‘फर–सी नेटवर्क’ मा समेत काम गर्ने सुमन सानैदेखि अरूको नक्कल गर्ने गर्थे । प्लस टु पढ्दाताका मोरङको सुनाखरी एफएममा काम गर्न थाले ।  

उनले त्यहीँबाट आफ्नो कला निखारे । ‘स्टेज प्रोग्रामहरूमा निक्कै सहभागी हुने गरेका सुमन समसायिक बिषयमा हाँस्य ब्यङ्गबाट कडा प्रस्तुति दिन सक्छन् । जसको कारण कमेडी च्याम्पियनमा जजहरुको मन जितिरहेका छन् । उनको प्रस्तुतिमा ४ जना नै जर्ज उठेर तालि बजाएर प्रशंशा गरेका थिए । 

अहिले सम्मको  प्रस्तुतिले टप १५ मा पुगेका कार्की भोटिङ राउण्डमा पुगेपछि सबैले सहयोग गर्न आग्रह गर्छन् । कान्तिपुर टेलिभिजन सँगै रेडियो अडियोबाट र यसका नेटवर्क स्टेशनबाट एकै साथ प्रसारण हुने कमेडी च्याम्पियनमा बरिष्ट हाँस्यकलाकार सन्तोष पन्त, हाँस्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायकमा रहेका छन् । 

कमेडी च्याम्पियनका बिजेताले २५ लाख रुपैयाँ र एउटा कारसहित ५० लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । 

https://youtu.be/JoeUq-psiqE 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =