घुस खाएर कमाएको सम्पत्ति जेठान र श्रीमतीको नाममा राख्ने तातोपानी भन्सार कार्यालयका प्रमुखविरुद्ध साढे १० करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

मंसिर २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसहित उनका जेठान र श्रीमतिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  

१० करोड ५६ लाख ९१ हजार रुपैयाँ गैह्रकानुनी रुपमा आर्जन गरी जेठान नविनकुमार गौली र श्रीमती सबिता गौली बस्नेतको नाममा लुकाई छिपाई राखेको पुष्टि भएकाले भन्सार अधिकृत बस्नेतविरुद्ध सोही रकम बराबरको विगो कायम गरी शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरीएको अख्तियारले जनाएको छ ।   

बस्नेतले प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत रहँदा बिदेशबाट नेपाल आयात गर्ने सामानहरुको भन्सार छुटाउँदा विभिन्न व्यापारी, क्यारिङ्ग ब्यबसायी एवं भन्सार एजेन्टहरुसँग गैरकानूनी रुपमा घुस लिएर अवैध सम्पत्ति थुपारेको अख्तियारको आरोप छ ।   

बस्नेतको गैह्रकानुनी सम्पत्ति व्यवस्थापनमा सहयोग गरी भ्रष्टाचारजन्य काम गरेको अभियोगमा जेठान नविन कुमार गौलीविरुद्ध ९ करोड २१ लाख ५२ हजार बराबरको विगो कायम गरी मुद्दा दायर गरीएको र श्रीमती सबिता गौली बस्नेतको नाममा रहेको चलअचल सम्पत्ति जफत गर्ने गरी मुद्दा दायर गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + six =