पीसीपीएस कलेजको दोश्रो दिक्षान्त समारोह सम्पन्न

मंसिर २६, काठमाडौँ । पीसीपीएस कलेजले यूनिभर्सिटी अफ वेड फोरसीयरसँगको सहकार्यमा आफ्नो दोश्रो दिक्षान्त समारोह सम्पन्न गरेको छ । १० डिसेम्बर २०१९ मा वेडफोरसीयर विश्वविद्यालयसँग सम्बन्धन लिएको पीसीपीएस कलेजले होटल सोल्टी क्राउन प्लाजामा आफ्नो दोश्रोे दिक्षान्त समारोहको आयोजना गरेको हो ।
सो अवसरमा बबिीएर, बएस्सी कम्प्युटर साईन्स एन्ड सफ्टवेर ईन्जिनियरिङका ४६ विद्यार्थी दिक्षित भएमा थिए । दीक्षान्त समारोहमा प्रोफेसर अश्रफ जावेद, डेपुटी भाइस चान्सलर युनिभरर्सिटी अफ वेडफोरसायर, एल.बी.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्सका चियर मेन इ पंकज जलान, कार्यकरी निर्देसक इ.प्रकाशकुमार, सल्लाहकार प्रोगीताभक्त जोशीलगायतको उपस्थिति रहेको हो थियो ।
पीसीपीएस कलेज २१ वर्ष लामो गौरबपूर्ण इतिहास बोकेको एल.बी.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्ससँग आवद्ध भइ इ.स २०१७ देखि नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरेको छ ।









