कलाकार दीपक र केशवको अन्त्येष्टिमा सञ्चारमन्त्रीले ओढाए राष्ट्रिय झण्डा
२०७६ मंसिर ३० गते

मंसिर ३०, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष स्वर्गीय केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको सोमबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उनीहरु दुवैलाई राष्ट्रिय झण्डा ओढाएका थिए ।
अध्यक्ष तथा कलाकार भट्टराईको आइतबार निधन भएको थियो भने अभिनेता क्षेत्रीको शनिबार निधन भएको थियो ।

दुवैको आजै अन्तिम संस्कार गरिएको हो ।
यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट दुबै कलाकारको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो । त्यहीँ पुगेर कलाकार तथा शुभेच्छुकहरुले श्रद्धाञ्जली दिएका थिए ।
२०७६ मंसिर ३० गते
प्रतिक्रिया
सम्बन्धित








