शीतलहरका कारण स्थानीय तहका विद्यालय धमाधम बन्द हुँदै
२०७६ पुस ७ गते

पुस ०७, वीरगञ्ज । शीतलहरका कारण बारा/पर्साका विद्यालयहरुमा धमाधम बिदा दिन थालेका छन् ।
एक सातादेखि लगातार बढेको शीतलहरका कारण जिल्लाका स्थानीय तहहरुले धमाधम विद्यालयमा बिदा दिन थालेका हुन् ।
पर्सा/बाराका विद्यालयमा चिसोबाट बच्नका लागि कुनै व्यवस्था गरिएको छैन । १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लामा ४ वटा स्थानीय तहका विद्यालयमा बिदा दिइएको सूचना सार्वजनिक गरेका छन् ।
null
२०७६ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








