कान्ति लोकपथको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने

पुस १०, ललितपुर। कान्ति लोकपथको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ । 

सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने छोटो सडकका रूपमा रहेको कान्ति लोकपथको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको हो । 

कान्ति लोकपथ सडक योजनाले दिएको जानकारी अनुसार, कुल लम्बाइ ७९ किलोमिटरमध्ये अहिलेसम्म ४५ किलोमिटर कालोपत्रे भइसकेको र चालू आर्थिक वर्षभित्र थप २९ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =